कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् ।
“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपका बारेमा सकारात्मक धारणा राखेका हुन् । कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाई छ ।
“मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,” उनले भने । उनले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।
आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताए ।
उनले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए । अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन् । तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण