तीज बिर्सिएर सुनसान बनेको पशुपति, तस्विरमा हेर्नुहोस्
आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । आजको दिन देखिने सामान्य दृश्य भनेको पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा रातो साडीमा सजिएका महिलाहरुको भीड ।
तर, कोरोनाभाइरसको कहरका कारण आज सो परिदृश्य बदलिएको छ । भीड नै नियन्त्रण गर्न हम्मेहम्मे पर्ने पशुपति यसपटक सुनसान छ । मनौँ, पशुपतिले आज तीज हो भनेर नै बिर्सिएको छ ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको आज दोस्रो दिन हो । सरकारले धार्मिक स्थलहरुमा भिडभाडलाई प्रतिबन्ध गरेको छ । यसअघि लागू गरिएको लकडाउन कै झल्को दिने गरी उपत्यकाका सडकहरु सुनसान बनेका छन् ।
कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले एक हप्ता लामो निषेधाज्ञा लगाएको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरु सडकमा परिचालन गरिएका छन् ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार सयौँ सवारी साधान कारवाहीमा परेका थिए भने सयौँ पैदलयात्रुलाई समेत कारवाही गरिएको थियो । प्रशासनले निषेधाज्ञामा कडाई गरेपछि आज बिहीबारको तुलनामा पनि कम सवारीसाधानहरु चलेका छन् ।
तस्विरमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण