शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा मृत्युपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका गाउँले त्रसित

शनिबार, ०६ भदौ २०७७, ०९ : ११
शनिबार, ०६ भदौ २०७७

सिरहा – सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । 

बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए ।

पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए ।

कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।

बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । 

तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ ।  

दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइरसबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

सिरहाको गोलबजार, मिर्चैया नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप