शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

शनिबार, ०६ भदौ २०७७, २२ : ५३
शनिबार, ०६ भदौ २०७७

एजेन्सी । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ ।  चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो । 
 
दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ । चालू वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताए । उनले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरे । 

चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । महामारी नियन्त्रणसँगै देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप