बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
एजेन्सी । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।
दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ । चालू वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताए । उनले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरे ।
चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । महामारी नियन्त्रणसँगै देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण