कोरोनाबाट मृत्युको हल्ला फैलिएपछि गायिका शारदाले भनिन्, ‘म छिट्टै निको भएर अगाडि आउने छु’
मुम्बई । कोरोनाले यति बेला विस्व आतङ्कित छ । ठूल्ठूला हस्तीसमेत कोरोनाको चपेटामा परेका छन् । केही दिन पहिले मात्र पद्यभुषण सम्मानित लोकगायिका शारदा सिन्हा कोरोना संक्रमित भएको खबर बाहिर आएको थियो ।
मंगलबार भने यी नै गायिकाको निधनको खबरले सन्सनी मच्चायो । जुन खबरले धेरै चकित समेत परे । निधनको खबर भाइरल समेत भएको थियो ।
मिडियाका अनुसार आममानिस खबरबाट दुःखी हुँदै शारदालाई श्रद्धाञ्जली समेत दिन थालेका थिए । तर, शारदाले आफ्नो मृत्युको खबर झुट रहेको बताइन् ।
उनले एक भिडियो सन्देश मार्फत उक्त खबर झुट भएको बताएकी हुन् । उनले भिडियोमा भनेकी छन् ‘कोरोना भाइरसको उपचार भइरहेको छ । उपचारपछि केही सुधार समेत भएको छ ।’ उनले भिडियोमा आफुलाई चाहने सबैलाई हल्लाको पछि नलाग्न अनुरोध समेत गरेकी छन् ।
‘तपाईंहरुको शुभेक्षाले म छिट्टै निको भएर अगाडि आउने छु,’ उनले भिडियो सन्देशमा भनेकी छन् ।
आइतबार पटना अस्पतालमा शारदा सिन्हा नाम भएको एक महिलाको कोरना संक्रमितको कारणले निधन भएको थियो । गायिका शारदा पनि त्यही अस्पतालमा उपचार भइरहेकोले मृत्युको हल्ला फैलाएको हुनसक्ने अनुमान गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण