शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन

शनिबार, २० असार २०८३, ०६ : ४०
शनिबार, २० असार २०८३

सारांश

  • अर्जेन्टिनासँग अतिरिक्त समयमा ३-२ ले पराजित भएर केप भर्डे फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाट बाहिरिएको छ।
  • यद्यपि, केप भर्डेको प्रदर्शन र लड्ने भावनाको फुटबल विश्लेषकहरूले प्रशंसा गरेका छन्।
  • समूह चरणदेखि नै सशक्त टोलीहरूलाई चुनौती दिएको केप भर्डेले विश्वभरका फुटबल समर्थकहरूको सम्मान कमाएको छ।

काठमाडौँ ।  फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–२ ले पराजित भएर बाहिरिए पनि केप भर्डेको प्रदर्शनले फुटबल जगतको मन जितेको छ।

खेलपछि प्रतिक्रिया दिँदै स्कटल्यान्डका पूर्व स्ट्राइकर तथा आईटीभीका विश्लेषक एली म्याककोइस्टले केप भर्डेको खुलेर प्रशंसा गरे।

उनले भने, 'यो अविश्वसनीय फुटबल खेल थियो। केप भर्डेसँग केवल लड्ने भावना मात्र होइन, उत्कृष्ट फुटबल क्षमता पनि छ। उनीहरूले यस विश्वकपभर हामी सबैलाई मनोरञ्जन दिएका छन्। आज राति भने उनीहरूको रात भएन।'

kep v

विश्व वरीयताको ५९औँ स्थानमा रहेको केप भर्डेले समूह चरणदेखि नै सशक्त टोलीहरूलाई कडा चुनौती दिएको थियो। स्पेनसँग गोलरहित बराबरी खेलेको केप भेर्देले उरुग्वेसँग २–२ को नतिजा निकालेको थियो भने अन्तिम ३२ मा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाएको थियो।

tag_reuters.com,2026_newsml_UP1EM7401NK1K_206025531_768x432

अन्ततः अतिरिक्त समयको १११औँ मिनेटमा भएको आत्मघाती गोलका कारण केप भर्डेको ऐतिहासिक यात्रामा पूर्णविराम लागेको भए पनि टोलीले आफ्नो निर्भीक प्रदर्शनमार्फत विश्वभरका फुटबल समर्थकको सम्मान र प्रशंसा कमाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप