कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरुको ‘क्लोज कन्ट्याट’मा रहेको २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६ जनाको पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३१९ पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिकाका २, प्रदेश अस्पतालका २, गुर्भाकोट नगरपालिका र भारतको बनारस घर भएका एक÷एक जनाको सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । त्यस्तै, कोरोना निको भई विभिन्न आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १९ पुगेको छ । अब कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण