बलिउड निर्देशक हनी त्रेहन कोरोना संक्रमित
शुक्रबार, १२ भदौ २०७७, १३ : ४०
मुम्बई । बलिउड फिल्म ‘रात अकेली है’का निर्देशक हनी त्रेहन कोरोना संक्रमित भएका छन् । निर्देशक हनी आफैले सामाजिक सञ्जालमा मार्फत यो कुरा बाहिर ल्याएका हुन् ।
हनीले आफुलाई भएको कोरोना पोजेटिभको बारेमा बिएमसीलाई समेत जानकारी दिएका छन् । उनले विगत दश दिनयता आफ्नो सम्पर्कमा आउने जति सबैलाई कोरोना टेष्ट गराउन अपिल समेत गरेका छन् ।
‘आज मेरो कोरोना भाइरस टेष्ट पोजेटिभ आएको छ’ उनले ट्वीट गरेका छन् ‘छिट्टै मेरो पुरै परिवार र स्टाफको पनि परीक्षण गरिनेछ ।’
‘रात अकेली है’ फिल्मबाट उनले निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म नावाजुद्दी सिद्दीकी र राधिका आप्टेको थियो । यसको अलवा उनले ‘कमान्डो ३’, ‘मणिकर्णिका – द क्वीन अफ झाँसी’, ‘फुकरे रिटन्र्स’, ‘हिन्दी मिडियम’, ‘फोर्स २’, ‘उड्ता पञ्जाव’, ‘तलवार’ जस्ता सुपरहिट फिल्ममा कास्टिङ गरेका छन् ।
े
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण