मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु, चार घाइते

शुक्रबार, १२ भदौ २०७७, १७ : २६
शुक्रबार, १२ भदौ २०७७

काठमाडौँ । मोरङको बेलबारीमा दुई समूहबीच ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो कसेनीस्थित लोहन्द्र पुलमा भएको ‘ग्याङ फाइट’ मा राईको उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । डीएसपी राईका अनुसार चन्द्रबहादुर राईको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै घटनामा चार जना गम्भीर घाइते भएका छन् ।  घटनामा सईकुमार राई, समुन्द्र राई, जितेन चौधरी र गौरव राई घाइते भएका हुन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए । 

चौधरी समूहका दिनेश श्रेष्ठ र सन्तोष मगरले सुरुमा बन्चरो र खुकुरीलगायत हतियारले राई समूहमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

राई समूह र चौधरी समूह एकआपसका छिमेकी हुन् । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य झगडा भएको थियो । 

अघिल्लो दिनको रिसईबीका कारण भएको दुई समूहको ‘ग्याङ फाइटमा’ चन्द्रकुमार राईले ज्यान गुमाएको प्रहरीको भनाइ छ । झगडा के कारणले भएको खुल्न बाँकी रहेको डीएसपी राईले बताए । 

घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप