दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु, चार घाइते
काठमाडौँ । मोरङको बेलबारीमा दुई समूहबीच ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो कसेनीस्थित लोहन्द्र पुलमा भएको ‘ग्याङ फाइट’ मा राईको उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । डीएसपी राईका अनुसार चन्द्रबहादुर राईको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
यस्तै घटनामा चार जना गम्भीर घाइते भएका छन् । घटनामा सईकुमार राई, समुन्द्र राई, जितेन चौधरी र गौरव राई घाइते भएका हुन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए ।
चौधरी समूहका दिनेश श्रेष्ठ र सन्तोष मगरले सुरुमा बन्चरो र खुकुरीलगायत हतियारले राई समूहमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
राई समूह र चौधरी समूह एकआपसका छिमेकी हुन् । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य झगडा भएको थियो ।
अघिल्लो दिनको रिसईबीका कारण भएको दुई समूहको ‘ग्याङ फाइटमा’ चन्द्रकुमार राईले ज्यान गुमाएको प्रहरीको भनाइ छ । झगडा के कारणले भएको खुल्न बाँकी रहेको डीएसपी राईले बताए ।
घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण