रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा आज भएका छुटाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । एक जनाको तरकारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको हो भने अर्का एकजनाको सवारी साधनको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार रुपन्देहीको सैनामैना नगरपालिका बार्ड नम्बर ९ बनरहना बस्ने ४० बर्षको भीमबहादुर नेपालीको तरकारी बारीमा पानी लगाउन प्रयोग गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका नेपालीको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल ब्ुटवलमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले सैनामैना कलौनी बस्ने १६ वर्षका विनोद विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण