पुनः नेगेटिभ रोलमा देखिनेछन् सैफ अली खान, प्रभासको फिल्ममा बन्नेछन् रावण
बलिउड नायक सैफ अली खान एकपटक पुनः भिलेनको भूमिकामा देखिनेछन् । उनी प्रभास स्टारर फिल्म आदिपुरुषमा रावणको भूमिका निभाउनेछन् । यी फिल्मलाई ओम राउतले निर्देशन गरिरहेका छन् । ओम राउतसँग सैफ अली खानको यो दोस्रो सहकार्य हो । यसअघि फिल्म तानाजीः द अनसङ्ग वारियरमा नेगेटिभ भूमिकामा थिए ।
रावण बन्नेछन् सैफ अली खानः
ओम राउतले फिल्ममा सैफको भूमिका रहने घोषणा गरेका छन् , उनले फिल्मको एक पोस्टर पनि सेयर गरेका छन् । यसका साथै उनले लेखेका छन्, ‘सात हजार वर्ष अघि संसारमा सबैभन्दा बुद्धिमान दानवको उपस्थिती थियो । आदिपुरुष ।’
7000 years ago existed the world's most intelligent demon! #Adipurush#Prabhas #SaifAliKhan @itsBhushanKumar @vfxwaala @rajeshnair06 @TSeries @retrophiles1 #TSeries pic.twitter.com/xVPrlJQSKF
— Om Raut (@omraut) September 3, 2020
फिल्मलाई टि सिरिजले निर्माण गर्दैछ । फिल्मको मुख्य भूमिकामा प्रभास छन् । उनी रामको भूमिकामा छन् । फिल्म थ्रीडीमा हुनेछ । खबरका अनुसार कीर्ति सुरेशले फिल्ममा सीताको भूमिका निभाउने छिन् । फिल्मलाई हिन्दीसमेत पाँच भाषामा बनाइनेछ ।
यसअघि सैफले ‘ओमकारा’मा निभाएको नेगेटिभ भूमिका कारण फिल्मफेयर अवार्ड पनि पाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण