जर्मनीमा एकै फ्ल्याटमा भेटियो पाँच बालबालिकाको शव
पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ ।
घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ ।
प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् ।
बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारीसमेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।
यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ ।
प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाका ेशव भेटेका हुन् ।
तीन छोरी र दुई छोरा छन् ।
बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो ।
११ वर्षका छैटौं छोरा बच्न सफल भएको बताइएको छ ।
बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।
जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अलर्ट फोन गरेकी थिइन् ।
प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।
प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ ।
हालका लागि यो ब्लकको सबै फ्ल्याट सिल गरिएको छ । घटनास्थलमा प्रहरीको गाडी, एम्बुलेन्स र फोरेन्सिक टिम पनि उपस्थित छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण