राहत बोकेर बाग्लुङको बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री
शुक्रबार, १९ भदौ २०७७, १३ : ५३
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
बिहिबार राती ढोरपाटन–९ स्थित बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो । बोबाङमा १४ जनाको शव फेला परेको छ ।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा सांसद देवेन्द्र पौडेल सहितको टोली लिएर बाग्लुङ पुगेका गृमन्त्री थापाले प्रभावित समुदायलाई राहत वितरण गरेका छन् ।
बादलले ढोरपाटन नगरपालिका वडा नम्बर–९, ८ र ७ का प्रभावित क्षेत्रको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
बिहिबार खराब मौसमको कारण गृहमन्त्री ‘बादल’ सवार नेपाली सेनाको हेलिकप्टर पोखरामा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण