‘जात्रा’ पछिको शुन्यता : कर्फ्यूबीच यस्तो देखियो ललितपुर (फोटोफिचर)

आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यू जारी छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।
यसैबीच, लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो ।
संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो ।
बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले