मन्त्रणा
'अब, मितव्ययिता अपनाउ ! पेटारी कस ! स्वच्छ र पारदर्शी होउ ! भन्नु नै बेकार ।' आजित भ'र एउटाले सुस्केरा हाल्यो ।
'म त भन्छु, र भन्दै आ'को छु, पछि पाइने हो, होइन मौकामा चौका हानि हाल्नु पर्छ । सत्ता दाहिना भए पछि के हुँदैन ?! फेरि, उल्फाको धन न हो । उसमाथि कोरोनाले अलग-थलग, सब त्राहीमाम । यस्तो मौका कहाँ खेर फाल्नु हुन्छ र ?! उसै त खेती त जे को गरे पनि भो । सर्पको त खेती हुँदो र'छ ! समय अनुसार चल्न न जान्ने हो भने क्या हो, क्या हो पछि !' अर्को मन्त्रणा दिदै थियो ।
'यस्तो बेला प्राथमिकता ...?'
'गोली मार ।'
'लोक गाल ...?!'
'गोली मार । औचित्य सावित गर्ने काम त राजनीति छँदै छ नि - लाटा सोझा जनता जो छन् न ।'
उता बगलमा भुस्याहा कुकुरहरु सुकेको हड्डीमा ङ्ग्यार ङ्ग्यार ङ्गुर ङ्गुर गर्दै थिए । आकाश गड्याङ्ग गुडुङ्ग गर्दै थियो र पर क्षितिजमा बिजुली चम्किदै । मौसम खराब जो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण