कपिलवस्तुमा दश हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
कपिलवस्तु– विभिन्न सङ्घसंस्था र व्यक्तिले कपिलवस्तुको ठुलो क्षेत्रफलको बन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । जिल्लाको कुल ६२ हजार २ सय ११ हेक्टर वनमध्ये १० हजार ६ सय ४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालय कपिलवस्तुले जनाएको छ ।
वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेका अनुसार उत्तरी क्षेत्रका दुबिया, वाणगंगा, महेन्द्रकोट, बुढ्ढी, जयनगर,वरकलपुर, भलवाड, धनकौली,पटना लगायत स्थानमा अस्पताल, विद्यालय, विभिन्न सङ्घसंस्था र व्यक्तिले वन अतिक्रमण गरेका हुन् ।
यस्तै तिलौराकोट, निग्लिहवा र शिवपुर लगाएत क्षेत्रमा पनि वन अतिक्रमण भएको बन कार्यलय कपिलबस्तुले जनाएको छ । जिल्लामा सबै भन्दाबढि वाणगंगा नगरपालिकाको पटना क्षेत्रमा करिब तिन हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको उपसचिव न्यौपानेले जानकारी दिए । जिल्लामा आव ०४७/४८ मा ७ हजार ७ सय हेक्टर वन क्षेत्र अतिक्रमण परेकोका त्यसयता झण्डै चारहजार हेक्टर बन क्षेत्र अतिक्रमणमा परेको छ ।
कार्यालयले पछिल्लो ५ बर्षको अवधीमा ७ सय १५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वृक्षारोपण गरेको जनाएको छ । वन क्षेत्र अतिक्रमण बढेपछि रोक्ने प्रयास गरिए पनि पुरानो बस्ती,बैकल्पिक स्थान अभाव र राजनीतिक हस्तक्षेपले अवरोध भएको बताइएको छ ।
वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण ऐन २०६८ अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाइएको र कतिपयलाई कारबाही समेत गरीएको कार्यालयले जनाएको छ ।
बन अतिक्रमण रोक्न राजनीतिक दलको सहयोग नपाउदा सफलता नपाएको बन कार्यलयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण