स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।
एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन्। अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन्।
अधिकांश स्थानीय तहमा प्रशासनतर्फका कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छैनन्। रौतहटमा मेयर, उपमेयर, वडा अध्यक्ष अनुकूलका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृत बताउँछन्। संघीय मन्त्रालयले खटाएका प्रशासनिक अनुभव भएकालाई जिम्मेवारी दिँदा नीति, नियम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै जनप्रतिनिधिले अनुकूलका कर्मचारी खोज्ने गरेका छन्।
फाइलनै लुकाइन्छ
भदौ १४ गते मौलापुर नपाबाट गरुडा नपा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई हाजिर गर्न रोकियो। उनले हाजिर हुन प्रयास गरिरहेका छन्। कार्यालय जाँदा हाजिर रजिस्टर नै लुकाइयो।
गरुडाका मेयर इनुराय यादवका छोरा अनिल यादव र भतिजा रामसिंह यादवले वातावरण नमिलेको भन्दै हाजिर गराउन मानेका छैनन्। नगरपालिकामा उनीहरुकै रजगज रहेको नगरका बासिन्दा बताउँछन्। अधिकृत साहलाई हाजिर गराउने नगराउने विषयमा गरुडामा छलफल भइरहेको मेयर पक्षले जानकारी दिएको छ। गरुडा नपाका मेयर यादवले पहिलेदेखि काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमलाई नै जिम्मेवारी दिन मन्त्रालयमा पत्राचार गरेका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा फणि महतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण