कोरोना अपडेटः विश्वमा ८ लाख ९६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ९१ हजार ५७५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ । स्पेनमा ५ लाख २५ हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण