इजिप्टमा पनि कोभिड १९ का संक्रमित १ लाखभन्दा बढी
मङ्गलबार, २३ भदौ २०७७, १४ : १२
एजेन्सी । इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।
उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका ५ हजार भन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ ।सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ ५ हजार ५४१ जनाको यो सङ्क्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी यहाँका संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण