कोरोनाका कारण विश्वभरी २ करोड ७७ लाख सङ्क्रमित
पेरिस । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।
कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना सङ्क्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ । पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना सङ्क्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै सङ्क्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् ।
ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा सङ्क्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् । धेरै सङ्क्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण