कोरोनाको कहरमा लघुब्यवसाय प्रबर्धनको माध्यम बन्न सक्छ ‘लघुवित्त’
काठमाडौं । कोरोनाको कहरबाट लघुवित्तमा आवद्ध प्रभावित सदस्यलाई स्वस्थ्य लघुवित्त कार्यक्रमको माध्यमबाट उनीहरुको आयआर्जन गतिविधिलाई पुनर्स्थापना गर्न, लघुब्यवसाय प्रबर्धन र रोजगारीका अवसर सृजना गर्न सकिने लघुवित्तकर्मीहरुले बताएका छन ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको “कोभिड–१९ को अवस्थामा कर्जा असूली” विषयक छलफल कार्यक्रममा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्तका ग्राहक सदस्यलाई पहिलो प्राथमिकता दिई हालको चुनौतिलाई अवसरको रुपमा लिन आग्रह गरे ।
ग्राहक सदस्य अहिले अत्यन्त अप्ठ्यारो अबस्थामा गुज्रिरहेकोले उनीहरुको विश्वास जित्दै कार्यक्रम संचालन गर्नुपर्नेमा उनको जोड थियो । श्रेष्ठले कोरोनाका कारण गरिवीको तथ्याङ्क बढ्ने देखिएकोले लघुवित्त संस्थाहरुले कर्जा, बचत तथा अन्य गैरवित्तीय सेवाको माध्यमबाट उनीहरुलाई सम्बोधन गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
संस्थाका अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय स्तरमा हाल सीप भएका तर रोजगारी गुमाएका युवाहरुको विवरण तयार गरी त्यस्ता युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए । त्यस्ता रोजगारी गुमाएका युवालाई स्थानीय स्तरमै रोजगार बनाउन वा व्यवसायी बनाउन संस्था अग्रसर हुनुपर्ने उनको भनाई छ ।
प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कोरोनाको कहरले विक्षिप्त भएको ग्राहक सदस्यको व्यवसायलाई पुनस्र्थापन गर्न र दीगो बनाउन सदस्यलाई परेको प्रभावको आधारमा ग्राहकको वर्गिकरण गरी उनीहरु लक्षित सेवा विस्तार गर्नुपर्ने बताए ।
यसैबीच, संस्थाले कोरोना संक्रमणका बीच केन्द्र तथा कार्यालय व्यवस्थापन विषयमा समेत छलफल कार्यक्रमको आयोजना गरेको छ । छलफलले कोरोनाको कहरका बीच लघुवित्त कार्यक्रमलाई ग्राहकमूखि बनाई न्यून आय भएको वर्ग लक्षित सेवा विस्तार गर्न मार्गचित्र समेत तयार गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका संचालक, व्यवस्थापक, इलाका कार्यालय, शाखा÷उपशाखा कार्यालयका कार्यालय प्रमुख, फिल्ड सहायक लगायतको सहभागीता रहेको थियो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण