रेशम चौधरीलाई तुरुन्त रिहा गरः जसपा नेपाल
आइतबार, २८ भदौ २०७७, १७ : १४
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धान, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरिएको छ ।
जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दाहरु खारेज गरी चौधरीलाई रिहा गर्न माग गरेको छ । जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कराण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण