कुलमानको पुनर्नियुक्तिका लागि दीपकराज गिरीले चलाए अभियान
सोमबार, २९ भदौ २०७७, १४ : १८
काठमाडौं । नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।
यस्तैमा कलाकार दीपकराज गिरीले पनि आज एक अभिनयान घोषणा गरेका छन् । उनले घिसिङको पुनर्नियुक्तिको माग गर्दै ५ मिनेट बत्ति निभाउने अभियान घोषणा गरेका छन् । गिरीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं ।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण