रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेसका मजदूर आन्दोलित
बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर विदा दिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
होटलले अब करार सम्झौता नविकरण नहुने जनाएपछि कर्मचारीहरुले आजदेखी आन्दोलन शूरु गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत कर्मचारीले आज दिउँसो रिसोर्ट गेटमा धर्ना दिएका छन् भने जिल्ला प्रशासन कार्यालय र अन्य निकायमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।
होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निश्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए ।

उक्त रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नविकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।
कर्मचारी युनियनका प्रवक्ता रोहित भट्टराईले कोरोनाका कारण न्यूनतम तलबमा चित्त बुझाउन तयार हुँदाहुँदै रोजगारी नै खोसेपछि आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले नेपाली कामदारलाई निश्कासन गरेको तर विदेशीलाई निश्कासन नगरिएको आरोप लगाए । होटलका एचआरका म्यानेजर इन्द्र भट्टराईसँग पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन ।
चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका–१३ कोटहिवामा १४ विगाह क्षेत्रफलमा पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण