मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हाफ पाईन्टभित्र लुकाइ राखेको लागु औषधसहित युवक प्रकाउ

शनिबार, ३१ भदौ २०७४, ०९ : ५६
शनिबार, ३१ भदौ २०७४

कपिलवस्तु - लागु औषधसहित प्रहरीले शुक्रबार कपिलवस्तुमा एक युवकलाई प्रकाउ गरेको छ ।

भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याएको अवस्थामा यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट कपिलवस्तु नगरपालिका–९ का १७ वर्षीय सञ्जय खटिकलाई प्रहरीले प्रकाउ गरेको हो ।

खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोइन फेला परेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

हाफ पाईन्ट भित्र दुई वटा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप