हाफ पाईन्टभित्र लुकाइ राखेको लागु औषधसहित युवक प्रकाउ
शनिबार, ३१ भदौ २०७४, ०९ : ५६
कपिलवस्तु - लागु औषधसहित प्रहरीले शुक्रबार कपिलवस्तुमा एक युवकलाई प्रकाउ गरेको छ ।
भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याएको अवस्थामा यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट कपिलवस्तु नगरपालिका–९ का १७ वर्षीय सञ्जय खटिकलाई प्रहरीले प्रकाउ गरेको हो ।
खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोइन फेला परेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
हाफ पाईन्ट भित्र दुई वटा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण