लिवर्टी इनर्जी कम्पनीको शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरुले लगानी गरेको समेत गरी रु. १०० अंकित दरका जम्मा १,५०,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)मा सुचिकृत भएको छ ।
उक्त सुचिकरण सम्बन्धि समझदारी पत्रमा असोज ६ गतेका दिन लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे ।
यस कम्पनीले शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
यस कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ र कम्पनीद्धारा सर्वेक्षण अनुमति पत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण