नारायणीले बगायो केटो
चितवन । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।
निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट ( कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उनले भने, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग¥यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु¥याएको उनले जानकारी दिए ।
केटोलाई भारत पुर्याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उनले भने, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।
विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था
-
पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित
-
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा
-
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्यो रोष्टम
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने