भैरव रिसाल मिडिया फेलोसीप पत्रकार ढुंगानालाई
काठमाडौँ । बरिष्ठ पत्रकार भैरव रिसालको नाममा स्थापित मिडिया फेलोसीप पहिलोपटक सञ्चार एवं साहित्यकर्मी गोपीकृष्ण ढुंगानालाई प्रदान गरिएको छ । वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले ९० औं जन्मोत्सवका अवसरमा सो फेलोसिफको स्थापना गरेका हुन् । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) नेपालले स्थापना गरेको उक्त फेलोसीप संस्थाको २६औं वार्षिक साधारण सभाका अवसरमा आयोजना गरेको कार्यक्रममा रिसालले नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको हो ।
विकास पत्रकार समाजका अध्यक्ष एवं अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार ढुंगानाले अनुसन्धानका लागि प्रस्ताव गरेको ‘२० वर्षको अन्तरमा काठमाडौं उपत्यकाभित्र देखिएको वातावरणीय प्रभाव’ विषयलाई निर्णायक टोलीले छनोट गरेको जानकारी वातावरणविद् भुषण तुलाधरले जानकारी दिए ।
वातावरण क्षेत्रका विज्ञ भूषण तुलाधरको संयोजकत्वमा बनाइएको टोलीमा रहेका हिमाल खबर पत्रिकाका पूर्वसम्पादक राजेन्द्र दाहाल र एन्फोका कोषाध्यक्ष प्रकाश अमात्यको निर्णायक टोलीले ढुंगानाले प्रस्ताव गरेको अनुसन्धानमूलक उक्त विषयलार्य छनोट गरेका हुन् । उनका अनुसार, मिडिया फेलोसीपका लागि पाँचवटा विषयमा अनुसन्धान प्रस्ताव आएका थिए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायलाई ‘नेपालका सहरहरुमा मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका’ बनाएर दिशाजन्य लेदोसम्बन्धी नीति बनाएर जनस्वास्थ्यका लागि अहं भूमिका निभाएको भन्दै सम्मान गरिएको थियो ।
यसैगरी, संस्थाले विज्ञान स्मृति अनुसन्धान पुरस्कार अनुराधा बराललाई र राजु स्मृति युवा पुरस्कार परमेश्वर झालाई प्रदान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा स्तानकोत्तर तहमा वातावरणसम्बन्धी उत्कृष्ट प्रस्तावित शोधपत्रवापत बराललाई २५ हजार र सप्तरीको संस्था सबल नेपालमार्फत् योगदान पु¥याएवापत झालाई १० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण