त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ।
- नयाँ कानुनी व्यवस्था अनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ।
- त्रिवि पाठ्यक्रम विकास केन्द्रले २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ । केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको हो ।
नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ । यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।
२०८३ साल असार ३२ गते प्रकाशित सूचना अनुसार साउन १ गतेभन्दा पछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले अब विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण