सहुलियत अनुदानले किसान खुशी
सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् ।
नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए ।
कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ ।
अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए ।
किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोरै लगानीमा बढी उत्पादन हुने उन्नत जातको तरकारीको बीउ वितरण गरिएको बताए ।
नगरपालिकाका अनुसार तरकारीको बीउ रु पाँच लाख ३१ हजार ६७० मा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कृषि विकास शाखाका यादवले धानको गबारो आदिको विषादी रु दुई लाख १८ हजारमा खरिद गरी २५ प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ ।
गत वर्ष पनि कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरेको थियो ।
कृषि विकास शाखाबाट वितरण गरिएको बीउ उन्नत जातको भएको र राम्रोसँग उत्पादन हुने विश्वास रहेको किसान हेमप्रसाद अधिकारीले बताए । कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको खेतमा आई तरकारी बालीको निरीक्षण गरी सल्लाह सुझाव दिने गरेकोमा उनले खुशीसमेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण