बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान

बिहीबार, ३२ असार २०८३, २१ : ५४
बिहीबार, ३२ असार २०८३

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन दोस्रो संशोधनका लागि बागमती प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ ।

सोही बैठकले २०८२ भदौ २४ गते भएको आगलागीबाट विभिन्न जिल्लाको सरकारी संरचना तथा जिन्सी सामग्री क्षति पुगेकामा हाल जिन्सी सामानको क्षतिलाई मिनाहा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

यसैगरी, उक्त बैठकले प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण गर्ने मस्यौदाको सैद्धान्तिक पक्षलाई सहमति दिने निर्णय गरेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप