बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

बिहीबार, ३२ असार २०८३, २१ : १३
बिहीबार, ३२ असार २०८३

सारांश

  • सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
  • धाप, गोब्रे, मेलम्चीलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
  • नदी तटीय क्षेत्रमा बाढी र भिरालो जमिनमा पहिरो जान सक्ने जोखिम बढेकोले आवश्यक तयारी र सतर्कता अपनाउन अपिल गरिएको छ ।

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

बिहीबार बेलुका साढे ८ बजे विशेष सूचना जारी गर्दै विभागले तटीय तथा भिरालो क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको धाप, गोब्रे, मेलम्चीलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । सो क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना देखिएको छ ।

लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा बाढी आउने र भिरालो जमिनमा पहिरो जान सक्ने जोखिम बढेको छ । विभागले नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा बस्ने सबैलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन विशेष अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप