वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
सारांश
- वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहारको घटनामा जीवन कुमार शाही घाइते भएका छन्।
- गएराति १० बजेतिर सामान्य विवादमा ४ जनाको समूहले शाहीमाथि खुकुरी प्रहार गरेका थिए।
- प्रहरीले ३ जनालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ भने एक जना फरार रहेका छन्।
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर एक जनामाथि खुकुरी प्रहार भएको छ ।
उक्त घटनामा वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गएराति १० बजेतिर दोहोरी साँझको बाहिरतिर सामान्य विवादमा ४ जनाको समूहले शाहीमाथि खुकरी प्रहार गरेका थिए ।
‘उहाँको टाउकोमा चोट लागेको र उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले भने, ‘हाल घाइतेको अवस्था मध्यम रहेको छ ।’
धारिलो हतियार प्रहार गर्ने ३ जनालाई १ थान खुकुरीसहित नियन्त्रणमा लिएको पन उनले बताए ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका—९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका–८ का १८ वर्षीय भरत बोगटी, १६ वर्षीय सुमन नेपाली रहेका छन्।
यस्तै सोही नगरपालिका ५ का २६ वर्षीय हरिष रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण