सर्पलाई चुम्बन गर्न खोज्दा यस्तो हविगत
अमेरिकामा एक व्यक्तिले सर्पलाई चुम्बन गर्ने चक्करमा अस्पताल पुगेका छन् । सर्पले उनको अनुहार डसेको छ ।
फ्लोरिडाको पुटन्याम काउन्टीमा रोन रोनल्डलाई र्याटलस्नेकले टोकेको हो । र्याटलस्नेक अमेरिकामा पाइने एक विषालु सर्प हो ।
स्थानीय न्यूज च्यानलको रिपोर्टको अनुसार रोनका एक छिमेकीले उक्त सर्पसँग खेल्न सुरु गरेको थियो ।
खेलको क्रममा रोनले सर्पको खतरालाई बुझ्न सकेनन् र यस्तो गल्ती गरे ।
उनलाई एयर एम्बुलेन्समार्फत अस्पताल पुर्याइयो जहाँ उनको उपचार भइरहेको छ । खबरका अनुसार उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
स्थानीय चार्ल्स गोफले एक्सन न्यूज ज्याकलाई भने, ‘रोनको यो व्यवहार मूर्खताले भरिएको छ । उनले सर्पलाई चुम्बन गर्न सक्ने सोचेका थिए तर अन्त्यमा परिणाम भयानक निस्कियो ।’
अर्को न्यूज च्यानल फर्स्ट कोस्ट न्यूजका अनुसार पीडितको स्थित अब राम्रो छ तर उनलाई निकै गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएके थियो ।
यद्यपी, यो घटनापश्चात् सर्प भागे भागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण