प्रेम सम्बन्ध कमजोर कति कमजोर बन्दैछ, यी संकेतबाट बुझ्नुस्
कुनै पनि सम्बन्ध प्रेम र विश्वासमा टिक्छ । पति र पत्नीमा पनि यो लागू हुन्छन् । जब आपसी प्रेम, आफ्नोपन र सम्मान रहन्छ, तब दम्पत्तीको सम्बन्धमा चमक कायम रहिरहन्छ । सम्बन्धमा आएपछि जब दम्पत्तीले लामो समय बिताउँछन्, तब समस्याहरु पनि सुरु हुन्छन् । कुनै समय त पार्टनरका केही बानीहरुबाट मानिस चिढिन थाल्छन् । यदी यस्तो समय सम्हालिन सकिएन भने सम्बन्ध टुट्ने दिशामा जानसक्छ । तपाईँले समय छँदै आफ्नो सम्बन्धमा कम भइरहेको प्रेमको संकेत बुझेर त्यसलाई सुल्झाउन केही उपाय लगाउन सक्नुहुन्छ ।
कम्युनिकेसन ग्याप
लामो समय बिताएपछि धेरै जोडीहरुबीच सञ्चारको ग्याप बढ्न थाल्छ । सम्बन्धमा दरार आउनुको यो महत्वपूर्ण कारण हो । तपाईँ र तपाईँको पार्टनरबीच समय–समयमा कुराकानी हुनुपर्छ । जब तपाईहरु दुबैले आफ्नो कुराकानी शेयर गर्न बन्द गर्नुहुन्छ, तब सम्बन्धमा यसको असर दखिन्छ । जब यस्तो स्थिती देखिन थाल्छ, तब यसलाई टाढा गर्नका लागि आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुस् ।
पार्टनरको ख्याल नराख्नु
आम रुपमा सम्बन्धको सुरुवाती चरणमा हरेक पार्टनरले आफ्नो साथीको राम्रो ख्याल राख्छन् । तर, कहिलेकाहिँ यस्तो हुन्छ कि काामकाजको भागदौडमा उसले तपाईँप्रति ध्यान राख्न सक्दैन र यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन । तर केही मौकामा तपाईले आवश्यकताको समय आफ्नो पार्टनरको रवैया पहिलेजस्तो केयरिङ नभएको पाउनुभयो भने यसतर्फ ध्यान दिनु जरुरी छ ।
उनको जिन्दगीमा तपाईँको महत्व कम भइरहेको हुनसक्छ र यस कुरालाई समय रहँदै बुझेर थप निकटता बढाउनका लागि आफ्नो तरिकाले प्रयास गर्नुस् ।
भावनात्मक लगाव कम हुनु
सम्बन्धमा जब एकअर्काका लागि भावनात्मक लगाव कम हुन थाल्छ, तब सम्बन्ध निराश हुनथाल्छ । यस्तो सम्बन्धमा मानिसले आफ्नो पार्टनरको वास्ता नै गर्दैनन् । मानिसहरु त्यतिबेला आफ्ना पार्टनरसँग टाढा हुन थाल्छन्, जब सम्बन्धमा प्रेम खतम हुनथाल्छ । तपाईँ आफ्नो पार्टनरसँग भावनात्मक रुपमा टाढा त हुनु भएको छैन ? यसबारे ध्यान दिनुस् अनि बढ्दो दूरीको कारण पनि खोज्नुस् ।
प्रेम दर्शाउन बिर्सनु
मानिसहरु जब सम्बन्धमा व्यवहारिक हुन थाल्छन्, तब उनीहरुको आफ्ना भावनाहरुलाई व्यक्त गर्न समयको बर्बादी हो भन्ने ठान्छन् । सम्बन्ध एउटा बिरुवा जस्तै हो, जसलाई समय–समयमा आफ्नोपन र प्रेम मिल्यो भने भविष्यमा आउने संकटहरुबाट बच्नका लागि यो तयार हुन्छ । प्रायजसो जोडीहरुले सुरुवातमा एकअर्काप्रति खुबै लगाव देखाउँछ, तर अगाडि बढेपछि उनीहरुको आफ्नो मनमा लुकेका भावनाहरुलाई दर्शाउन भुल्छन् । यस्तो बानीले सम्बन्धलाई कमजोर बनाउन थाल्छ । समय रहदैं, तपाई स–सनो तयारीले देखाउनुस कि तपाईँको मनमा आफ्नो पार्टनरका लागि कति धेरै माया छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण