प्रदेश ५ लुम्बिनी नामाकरण: मगर संघद्वारा विरोध
बुटवल । सरकारले प्रदेश ५ को नाम लुम्बिनी राखेकोप्रति नेपाल मगर संघले आपत्ति जनाएको छ । नेपाल मगर संघ, मराग संयुक्त संघर्ष समितिले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बिनी नामाकरण गरेको भन्दै विरोध जनाएको हो । लुम्बिनीसँगै मानव पहिचान र सभ्यताको आधारमा मगरात लुम्बिनी प्रदेश नामाकरण गर्न माग गरेको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले जानकारी दिए ।
उनले नामको बिषयमा आपत्ति भएपनि राजधानीको बिषयमा आफुहरुले कुनै विरोध नभएको बताए । उनले भने मगरात कुनै जाति विशेषको मात्रै नभई यस नामले भूगोल र पहिचान दुवैको प्रतिनधित्वलाई आत्मसाथ गर्ने बताए । उनले मगरहरुको बाहुल्य रहेको भूमिलाई तीन प्रदेशमा विभाजन गरी कमजोर बनाइएको बताउँदै लुम्बिनी प्रदेशमा नामाकरणले आफुहरुलाई पुनःआन्दोलित बनाएको बताए । उनले नामको बिषयलाई लिएर आफुहरु कानुनी लडाई लड्ने समेत घोषणा गरे ।
नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष विमल सारुमगरले विगतमा मगर संघले गरेका विभिन्न संषर्घलाई भुल्दै नामकरण गरिएको भन्दै रोष प्रकट गरे । नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालले विभिन्न समयमा मुख्यमन्त्री, सभामुख, मन्त्री तथा सांसद र राजनीतिक पार्टीहरुलाई मगरात प्रदेश नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । त्यसैगरि मगरात प्रदेश नामाकरणका लागि ११ लाखभन्दा बढीको हस्ताक्षर संकलन गरेर सरकार र राजनीतिक पार्टीहरुलाई बुझाएर समेत दवाव दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण