कपडामा लिपिस्टिक लागेर हैरानी भयो ? अपनाउनुस् यस्ता टिप्स
लिपिस्टिक महिलाहरुको मनपर्ने मेकअप प्रडक्ट हो । उनीहरुलाई लिपिस्टिक लगाउन खुबै मनलाग्छ । तर, ओठमा लिपिस्टिक जति राम्रो देखिन्छ, कपडामा लागे त्यति नै खराब हुन्छ । कतिपटक गल्तीवस पुरुषहरुको सर्टमा वा कपडामा पनि लिपिस्टिकको दाग बसिदिन्छ । मानिसहरुलाई लिपिस्टिकको दाग सहजै हट्छ भन्ने लाग्छ । तर यसको दाग हट्नुको साटो कालो धब्बा बनेर बस्नसक्छ । सर्टमा लागेको दाग हटाउनका लागि यसो गर्न सकिन्छ –
सेभिङ क्रिम
पुरुषहरुसँग सेभिङ क्रिम हुन्छ । तपाईं यसको प्रयोगले लिपिस्टिकको दाग हटाउन सक्नुहुन्छ । सर्टमा जहाँ लिपिस्टिक लागेको हुन्छ, त्यहाँ सेभिङ क्रिमले घोट्नुहोस् । त्यसपछि थोरै समय यसलाई छाडिदिनुस् ।
हेयर स्प्रे
लिपिस्टिकको दाग हटाउन तपाईं हेयर स्प्रेको प्रयोग गर्न सक्नुहुन्छ । सटमा लागेको लिपिस्टिकको दाग हटाउनका लागि दाग भएको स्थानमा स्प्रे गर्नुस् । १५ मिनेटका लागि छाडिदिनुस् । यसपछि तातो पानीले दाग भएको हिस्सालाई बिस्तारै रगड्नुस् ।
टुथपेस्ट
टुथपेस्टले पनि तपाई लिपिस्टिकको दाग हटाउन सक्नुहुन्छ । टुथपेस्टलाई दाग भएको स्थानमा लगाउनुस् । त्यसपछि यसलाई हल्का हातले रगड्नुस् । यसरी रगडेपछि पानीले धुनुहोस्, दाग हट्छ ।
दाग लागेपछि फटाफट कपडा सफा गर्नुपर्छ । दाग लागेको कपडालाई फोल्ड नगर्नुस्। अन्यथा अन्यत्र पनि दाग लाग्नेछ । दाग लागेको कपडालाई बिस्तारै हल्का रुपमा रगड्नुपर्छ, तिव्र रुपमा रगड्दा कपडा फाट्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण