लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण
शुक्रबार, २३ असोज २०७७, १५ : ०५
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । रुघा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले रातोपाटीलाई बताए ।
उनले भने, ‘हो मन्त्रीज्युमा आज दिउँसो कोरोना पुष्टी भएको छ, अब हामी सचिवालयमा सबैको परीक्षण तयारीमा छौ।’ उनले मन्त्री केसीलाई २ दिनअघि देखि रुघा लागेको र बिहान पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए । उनी अहिले मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण