हेटौंँडामा भएका भिन्नाभिन्नै दुर्घटनामा २ जनाको मृत्यु
हेटौंडा । हेटौंँडामा आज साँझ भएको दुई फरक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौंँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ ।
हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा –१७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ ।
त्यस्तै हेटौंँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर घाइते भएका नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको ज्यान गएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण