बीपी कोइराला प्रतिष्ठानमा थप चार संक्रमितको मृत्यु
बिहीबार, २९ असोज २०७७, ०९ : ५२

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् ।
सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।
यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई मिर्गौलाको समस्या थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल