मूर्ति विसर्जनका क्रममा नदीमा बेपत्ता बालकको शव फेला
बिहीबार, १३ कात्तिक २०७७, १४ : ११
मंगलबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका गएका रुपन्देही, सम्मरीमाई गाउँपालिका–६ निवासी १६ वर्षीय मुकेश चौधरीको शव बिहीबार फेला परेको छ ।
कोटहीमाई गाउँपालिका–४ स्थित दानव नदीमा रहेको मर्चवार लिफ्ट सिंचाई योजनाको वाटरडम्पिङ्गभित्र डुबेको अवस्थामा उनको शव फेला परेको हो ।
सो नदीमा मूर्ति विसर्जनका क्रममा तीन किशोर डुबेकोमा दुई जनाको तत्कालै उद्धार गरिएको थियो भने निज चौधरी बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरी प्रशासनको निरन्तरको प्रयासले दुई दिनपछि शव फेला परेको हो ।
मृतक चौधरीको शव बिहीबार नै अन्त्येष्टि गरिएको छ । प्रत्यक्षदर्शीहरुको बयान र घटनास्थलको सार्वजनिक मुचुल्काका आधारमा प्रहरीले शव परीक्षण गरिरहनु नपर्ने ठहर गर्दै अन्त्येष्टिका लागि शव आफन्तको जिम्मा लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण