उच्छृङ्खल गतिविधि गरेको आरोपमा युवकलाई कालोमोसो
बिहीबार, १३ कात्तिक २०७७, १४ : १६
लुम्बिनी । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक युवालाई वडा अध्यक्षकै उपस्थितिमा कालोमोसो दलेर गाउँ परिक्रमा गराइएको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उच्छृङ्खल गतिविधिका साथ जिस्क्याएको आरोपमा सोही गाउँ निवासी २२ वर्षीय बब्लु केवटलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शारीरिक यातना पश्चात कालोमोसो दलेर गाउँ परिक्रमा गराएको हो ।
ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक अमृत भण्डारीले परम्परागत सामाजिक दण्डस्वरुप यस्तो सजाय दिइएको जानकारी आफूले पाएको बताए । उनले यसबारे हालसम्म उजुरी नआएको बताउँदै उनले उजुरी आएमा कानूनी कारवाही अघि बढाइने प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण