सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त
बिहीबार, १३ कात्तिक २०७७, १९ : १३
आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दसैँको टीकाको चहलपहल देखिएको छ ।
छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गरेकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जना कोरोना सङ्क्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बसेका थिए । बुधबार उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उनले कोरोनालाई परास्त गरेपछि दसैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताए । कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उनले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण