पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
शनिबार, १५ कात्तिक २०७७, २० : ०२
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो । मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण