बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कोहलपुरमा दुई कोरोना सङ्क्रमितको मृत्यु

आइतबार, १६ कात्तिक २०७७, १७ : ५४
आइतबार, १६ कात्तिक २०७७

बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप