कृषिमन्त्री भुसालको गृह नगरमा सामूहिक आलु खेती सुरु
संघीय कृषिमन्त्री घनश्याम भुसालको गृहनगर तिलोत्तमा नगरपालिकामा ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराइएको हो ।
तिलोत्तमामा यो वर्षबाट किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गर्दै सामूहिक चाक्लाबन्दी आलु खेती शुरु गरिएको हो ।
निर्वाहमूखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बास्ुदेव घिमिरेले जानकारी दिए ।
यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् ।
नगरपालिका, युनएनडिपी र किसानको दुई करोड ६३ लाख ७ हजार ६८८ रुपैयाँ लागत सहभागितामा सञ्चालन गरिएको परियोजनामार्फत् किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । यस्तै किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।
यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीको भनाइ छ । परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ ।
तिलोत्तमा नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताउदै आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास व्यत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण