बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

सोमबार, १७ कात्तिक २०७७, १३ : २२
सोमबार, १७ कात्तिक २०७७

बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप