बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
सोमबार, १७ कात्तिक २०७७, १५ : ४६
काठमाडौं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई वर्षीया छोरी दीपशिखाको आइतबार साँझ मृत्यु भएको हो ।
बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सीतापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण