बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बुटवलमा ‘राजा आऊ देश बचाऊ’ भन्दै बृहत् मोटरसाइकल र्‍याली

सोमबार, १७ कात्तिक २०७७, १८ : ३१
सोमबार, १७ कात्तिक २०७७

बुटवल । रुपन्देहीमा राजाको सक्रिय भूमिकाको माग गर्दै आज बृहत् मोटरसाइकल  र्‍यालीको आयोजना गरिएको छ । वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल  र्‍यालीको आयोजना गरिएको हो ।  र्‍याली ट्राफ्रिक चोकमा आएर  कोषसभामा परिणत भएको थियो ।

उक्त अवसरमा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे । उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए । यसअघि असोज २४ गते काठमाडौंमा पनि यस्तै  र्‍यालीको आयोजना गरिएको थियो । संस्थाले यस्तो अभियान देशका अन्य ठाउँहरु पनि गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप