‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा भित्रिइन् श्रद्धा
काठमाडौं । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यमा समस्या देखाएर फिल्मबाट बाहिरन इच्छा गरेको कारण निर्माण युनिटले उनको ठाउँमा श्रद्धालाई भित्र्याएको हो ।
फिल्मका लागि अभिनेत्रीको रुपमा दीपिकाको ठाउँमा श्रद्धा क्षेत्री आएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टराईले जानकारी दिएको कारण अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाइ रहेको छ ।
मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले फिल्ममा अभिनेता पुष्प खड्कासँग देखिनेन् । फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन छिट्टै हुने निर्माण युनिटले जनाएको छ ।
दीपक ओलीले निर्देशन रहने फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले छायाँकन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण